Shittalpati
यामाहा टोली भारत प्रस्थान

पाल्पा, यामाहा प्रशंसक र उत्साही बाइकर साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इण्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । नोएडामा २४ सेप्टेम्बरमा हुने बुद्ध सर्किटमा सहभागी हुन नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ र २७ सेप्टेम्बरमा सोही बाटो भएर काठमाडौं फर्किनेछ । यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रवद्र्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ । आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोर्टसलाई प्रतिबिम्बित गर्ने धेरै इभेन्टसँग आफ्नो आवद्धता कायम राख्दै यसको प्रवद्र्धनसमेत गरेको छ । कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुल्ला सडकमा ब्राण्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ ।

छानिएका राइडरमा संग्राम पुडासैनी, सुरेश जिसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का तथा मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेको जनाइएको छरु। यामाहा राइड टु मोटोजिपीमा सहभागिताका लागि ठूलो संख्यामा आवेदन परेको कम्पनीले जनाएको छ  तर, सीमित सिट भएकाले आठजना मात्रै छनोट गरिएको हो ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update