Shittalpati
पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा : काँग्रेस नेता श्रेष्ठ  

नेपालगञ्ज, नेपाली काँग्रेस लुुम्बिनी  प्रदेशका उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा थप्ने काम गरेको बताएका छन् । बाँकेको नेपालगञ्जमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणबाट कार्यकर्ताहरुमा  उर्जा थप्ने काम भएको बताएका हुन् ।  

 काँग्रेसका कार्यकर्ताहरुको बैचारिक धार चम्काउन पार्टी प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने उपसभापति श्रेष्ठले विश्वास व्यक्त गरे ।  उनले पार्टीको प्रशिक्षण विभागले प्रदेशभरिका पार्टीका सबै तहहरुलाई प्रशिक्षित गरेर पार्टीका हरेक कार्यकर्तालाई पार्टीका नीति र ईतिहास, बेला–बेलामा भएका परिवर्तनमा गरेका भूमिकाका विषयमा विशेष जानकारी हुनुपर्ने, नेपाली काँग्रेस नेपालको गौरपुर्ण ईतिहास बोकेको पार्टी भएको अनुभूति सबैलाई दिलाउने कामलाई प्रशिक्षण अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गरे ।

काँग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेलले पार्टी प्रशिक्षण कार्यक्रमलाई जिल्लाव्यापी रुपमा विस्तार गर्दै लैजाने बताए । जिल्ला प्रशिक्षण विभाग बाँकेका प्रमुख गोपाल प्रसाद अधिकारीले कार्यकर्तामा जागरुकता ल्याउन प्रशिक्षण आवश्यक भएको बताउँदै प्रदेशको प्रशिक्षण विभाग अत्यन्तै प्रभावकारी हुने धारणा व्यक्त गरे ।

बाँके जिल्लाका ८१ वडा, आठ पालिकाका प्रमुखहरुको सहभािगता हरेको प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठ, प्राध्यापक अशोक श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, अधिवक्ता कपिल देव शर्मा, काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी लगायतले प्रशिक्षण दिएका हुन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update