पाल्पा, तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले १० औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
सभाको तानसेन नगरपालिकाका स्वास्थ तथा सामाजिक विकास शाखा प्रमुख दुर्गाबहादुर थापाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सहकारीहरुको समस्या समाधानमा नगर सरकार कटिबद्ध रहेको बताएका छन् । उनले नगर सरकारले सहकारीहरुको विकास र विस्तारका लागि स्थानीय सहकारी सञ्जाल समेत निर्माण गरी अगाडि बढेको बताउँदै सहकारीमा देखा परेका समस्याहरुलाई सहकारीहरुसँगै सहकार्य गरी नगर सरकार अगाडि बढेको धारणा व्यक्त गरे ।
प्रमुख थापाले सदस्यता वृद्धि गर्नु मात्रै ठूलो कुरा नरहेको बताउदै सदस्यलाई सशक्तिकरण र शिक्षित बनाउनु अहिलेको आवश्यकता रहेको औल्याए । प्रमुख थापाले सरकारले लिएको नीति सही रुपमा कार्यान्वयन गर्ने हो भने नेपालको समृद्धि छिटो र सहज रुपमा हुने दावी गर्दै सहकारीहरुलाई सहकारी नीति सही रुपमा कार्यन्वयन गर्न आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख विष्णु पौडेलले आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको औल्याए । उनले गणेश सहकारीले आफुलाई विश्वासीलो सहकारीका रुपमा स्थापित गर्न सफल भएको धारणा व्यक्त गरे ।
सहकारीका लेखापरीक्षक राधेश्याम ज्ञवालीले सहकारीको प्रगति लोभ लाग्दो रहेको भन्दै हरेक वर्ष आर्थिक सूचकांक समेत बढ्दो रहेको बताए । उनले ऋण लगानी गर्दा होसियार हुन सहकारीलाई आग्रह समेत गरे । नेपाल प्रेस युनियन पाल्पाका उपसभापति रामचन्द्र रायमाझीले जिल्लाको आर्थिक विकासमा सहकारीले छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सहकारीको प्रशंसा गरे । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु गाहाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताए । उनले सहकारीको शेयर पुँजी वृद्धि गर्दै जाने, सदस्य संस्या वृद्धि गर्ने, ७० वर्ष नाघेका जेष्ठ सदस्यलाई सम्मान गर्ने, उत्कृष्ट बचत तथा बर्जा कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गर्ने, शेयर सदस्यहरुलाई उपचार खर्च दिने, शेयर सदस्यहरुलाई पोशाक दिने, खराब लगानीलाई निरुत्साहित गर्ने योजना ल्याइएको बताए । उनका अनुसार सहकारीमा अहिले १ हजार २ सय जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा लेखा समिति संयोजक हुमन सारुले लोखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चन्द्रबहादुर खाम्चाले चालु आर्थिक वर्षको १६ करोड ९० हजार ५ सय बराबरको आय व्यव प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीमा योगदान पु¥याएका जेष्ठ नागरिक एवं सहकारीका निवर्तमान अध्यक्ष रुक बहाुर थापा र लेखबहादुर थापालाई सम्मान समेत गरेको छ । त्यस्तै सहकारीले उत्कृष्ट कर्मचारी, लामो समय समितिमा रहेर काम गरेका सहकारीका पदाधिकारी, उत्कृष्ट शेयर सदस्य, नियमित बचतकर्ता, बाल बचतकर्तालाई समेत सम्मान गरेको छ । संस्थाका अध्यक्ष विष्णु गाहाको अध्यक्षता, उपाध्यक्ष दलबहादुर थापाको स्वागत, सचिवमा कान्ति माया आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।