Shittalpati
मैत्री क्लवद्वारा सरसफाई र अस्पतालका विरामीलाई फलफूल

पाल्पा, जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले सरसफाईसँगै अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । क्लवले ४३ औं सामाजिक दिवसका अवसरमा टोल सरसफाईसँगै पाल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

क्लवकी कविता शाक्यको संयोजकत्वमा गएको पदाधिकारीसहित सदस्यहरुले टोलीले तानसेनका विभिन्न टोलहरुमा पुगेर सरसफाई गरेको थियो । क्वलकी सुजन शाक्यको संयोजकत्वमा गएको टोलीले सोही दिन नै पाल्पा अस्पताल पुगेर विरामीहरुलाई फलफुल, विस्कुट, अण्डा, हर्लिक्स चाउचाउ, सहयोग गरेको छ । क्लवले अस्पतालको माग अनुसार पानीको जार समेत उपलब्ध गराइएको जनाएको छ ।

अस्तालका अध्यक्ष गुराँस आत्रेयले क्लवले अस्पताल प्रति देखाएको सहयोग र सद्भाव प्रशसंनिय रहेको भन्दै क्लवलाई धन्यवाद दिए । क्लवका अध्यक्ष मनिता शाक्यको अध्यक्षता, उपाध्यक्ष सुष्मा महर्जनको आस्था वाचन, सचिव विनु शाक्यको सञ्चालनमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम भएको क्लवका पूर्व अध्यक्ष बिशान्तर शाक्यले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update