Shittalpati
हिमालयन बैंकका ग्राहकलाई विशेष छुट

पाल्पा, हिमालयन बैंकका ग्राहकहरुलाई विशेष छुट व्यवस्था गरिएको छ । देशभरका विभिन्न क्षेत्रमा बैंकका ग्राहकहरुले विशेष छुट पाउने छन् । जसका लागि बैंकले देशभरका १ सय ६० भन्दा बढी क्षेत्रमा छुटका लागि सम्बन्धित निकायसँग सम्झौता गरेको छ ।

बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम लगायत अन्य स्थानहरुमा वस्तु खरिद तथा सेवा शुल्कमा तोकिएको छुट पाउन सक्ने छन् । बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानबाट निर्धारित छुट पाउनेछन् । हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थामा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरी २०० वटा थप व्यवसायीमा विस्तार गरी ग्राहकलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ । बैंकले आफ्ना ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था ल्याएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update