Shittalpati
राउटेलाई दशैँ खर्च प्रदान

तुलसीपुर (दाङ), लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो । 

अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत रु २५ हजार उपलब्ध गराएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उनीहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैँ खर्च माग्दै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update