Shittalpati
मोटरसाइल दुर्घटनामा एकको मृत्यु 

पाल्पा, नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु भएको छ । यहाँको सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नवलपरासी पश्चिममा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाको विषयमा थप अनुुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update