Shittalpati
पाल्पाको त्रिभूवन बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

पाल्पा, पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको शुरुवात गरेको हो ।

तानसेन नगरपालिका–६ का वडा अध्यक्ष सागरमान महर्जन, क्याम्पस प्रमुख टंक भट्टराई र बैंकका लुम्बिनी प्रदेश प्रमुख सुशिल नेपालले संयुक्त रुपमा काउन्टर विधिवत उद्घाटन गरेका हुन् । काउन्टरको उद्घाटन गर्दै वडा अध्यक्ष सागर महर्जनले विद्यार्थीका लागि बैंकको काउन्टरले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । क्याम्पस प्रमुख टंक भट्टराईले पुरानो बैंकिङ्ग इतिहास र अनुभव भएको बैंकको एक्सटेन्सन काउन्टर क्याम्पस परिसरमा सञ्चालन भएकोमा सहर्ष धन्यवाद दिँदै बैंकको सेवा प्रवाहले विद्यार्थीहरुलाई शुल्क बुझाउने झनझटबाट मुक्त गराउने बताए ।

बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायत बैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभान्वित हुने समेत उनले बताए । बैंकका लुम्बिनी प्रदेश प्रमुख सुशिल नेपालले देशका विभिन्न भूगोल र क्षेत्रमा बैंकले आफुलाई उभ्याउँदै बैंकि सेवा दिने क्रममा यस क्याम्पसमा बैंकि· सेवाको लागि एक्सटेन्सन काउन्टर स्थापना गरेको बताए । नेपाल बैंक पाल्पा शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update