Shittalpati
गुल्मीको इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर

गुल्मी, गुल्मीको मुसीकोट नगरपालिका–५ स्थित इन्द्रेगौंडा बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ६६औं एक्सटेन्सन काउन्टरका रुपमा  सञ्चालनमा ल्याएको हो ।

काउन्टरको मुसीकोट नगरपालिकाका नगर प्रमुख जीवलाल खरेल जीवनले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । काउन्टरको उद्घाटन गर्दै नगर प्रमुख खरेलले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने विश्वास व्यक्त गरे । उनले बैंकिङ सेवाको पहुँच बाहिर रहेको यस क्षेत्र आसपास क्षेत्रका सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । ग्लोबल आईएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका–५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत आयोजना गरेको थियो । एक्सटेन्सन काउन्टर मार्फत् सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update