Shittalpati
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै

गुल्मी, गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुन लागेको छ । गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा महोत्सव हुन लागेको हो ।

आर्थिक चलायमान बनाउन महोत्सव गर्न लागिएको संघले जनाएको छ । रेसुङ्गा क्षेत्रको पर्यटन प्रवद्र्धन, कृषि र पशुपालन क्षेत्रको विकासमा महोत्सवले महत्वपूर्ण टेवा पुग्ने संघले जनाएको छ । संघले पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएको छ । ‘उद्योग, कृषि र पर्यटनमा उनिएको थुंगा, समुन्नत गुल्मीका लागि जाउँ हिँड रेसुङ्गा’ भन्ने नारासहित महोत्सव सञ्चालन गर्न लागिएको संघका अध्यक्ष नवराज भुसालले बताए । महोत्सवमा रेसुङ्गा क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व, रुरु क्षेत्र, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल लगायतका विषयमा प्रचारप्रसार गरेर पर्यटकीय प्रवद्र्धन हुने, गुल्मीका उत्पादन हुन कफी, गुडको ब्रान्डिङ गरी बिक्री प्रवद्र्धनमा सहयोग पु¥याउने र पशुपालनका फाईदा र त्यसबाट लिन सकिने लाभका विषयमा युवाहरुलाई जानकारी गराएर कृषि र पशुपालनका युवा सहभागिता बढाउने पनि महोत्सवको उद्देश्य रहेको अध्यक्ष भुसालले बताए । उनका अनुसार महोत्सवमा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

संघका महासचिव सुदर्शन खनालले रेसुङ्गा नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको बताए । खनालका अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशत छुट दिइनेछ । उनले महोत्सवमा जिल्लामा लगानी, सम्भावना र चुनौती विषयमा राष्ट्रिय स्तरका विषय विज्ञहरुसँग छलफल गरेर सम्भावनाको खोजी गर्ने उद्देश्य रहेको बताए । महोत्सवमा राष्ट्रिय एवं स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक क्रियाकलाप पनि गरिने संघले जनाएको छ । स्थानीय तहलाई एक÷एक वटा स्टल दिइने छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update