Shittalpati
माछापुच्छ्रे बैंक २४ वर्षमा, ल्यायो नयाँ योजना

पाल्पा, माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । बैकिङ्ग क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बैंकले २४ वर्षे यात्रा तय गरेको हो । बैंकले एक औपचारिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ । उसले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान समेत सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गरी आकर्षक योजना पनि ल्याएको छ ।

बैंकका अनुसार क्यासब्याक लगायतका अफरहरु ल्याइएको छ । जसको उपयोग डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत २ जना फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट र १ जनाले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै एमबिएल एम स्मार्टबाट फोन पे बिलमाफर्त बिल भुक्तानी गर्दा एक जना भाग्याशाली ग्राहकले निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यो अफर १५ असोजदेखि ३० असोजसम्म लागु हुने बैंकले जनाएको छ ।

यसैगरी बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्म (५२३ र ७२३ रुपैयाँ)को क्यासब्याक, नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्म (२२३ रुपैयाँ) को क्यासब्याक, सिटीटेकको ३ जना फिनपोस मर्चेन्टले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेलट्रोन प्रालिले १ भाग्यशाली मर्चेन्टलाई सीजी टिभी र सेलट्रोन मार्फत हनर फोन पाउन सक्नेछन् । मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update