Shittalpati
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता

पाल्पा, एभरेष्ट बैंक लिमिटेडले ले चालकहरुलाई वित्तिय साक्षरता दिएको छ । उसले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीमा आवद्ध चालकहरुलाई वित्तीय साक्षरता दिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले एक सय जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे । सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने बताए । यस्तै बैंकले फोन पे को सहकार्यमा क्यूआर कोड समेत हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि.का ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो । तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवी चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकि· सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकि· गर्न हौसाल मिल्ने बताए ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update