Shittalpati
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा

पाल्पा, यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा आएको छ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र तीन लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।

यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषता प्रदर्शन गर्दै जोडिएको छ । यसमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बीएस६ इन्जिन टेक्नोलोजी रहेको कम्पनीको भनाइ छ । एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ । एक बलियो १४९ सिसि एयर–कूल्ड फोर–स्ट्रोक सिंगल–सिलिन्डर ब्लूकोर इञ्जिनद्वारा सञ्चालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउँछ । यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि छ, जसले औसत ४५–५० किमी प्रति लिटरको माइलेज प्रदान गर्दछ ।

एमएडब्लू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले यसको सुरुवातको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरू किफायती मूल्यमा ग्राहकसामू ल्याउने हाम्रो अटल प्रतिबद्धतालाई पुष्टि गर्दछ ।’

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update