जगन्नाथ पन्त
कसैबाट पाएको आश्वासन पुरा हुने आशा गर्नु भरोसाा हो । कसैप्रति कुनै विषयमा भर पर्नु भरोसा हो । विश्वास र भरोसा जीउने आाधार हो । भरोसा पुरा नहुँदा आश्वासन दिनेप्रति वितृष्णा जाग्रित पनि हुन सक्छ । त्यसैले अरुसँग भर पर्नु जाति मानिदैन, तर भर नपरी जगतमा जीवन चल्दैन । केहि पाउन कसैले भरोसा दिएर पुरा नगर्नु धोका हो । जस्तै कि मलाई भोट दिनु, म यो यो गरिदिन्छु भनेर आश्वस्त पारेर चुनाव जितेपछि बाल मतलब गर्नु धोका हो । अझ तपाईको काम गरिदिन्छु भनेर अवाञ्छित लाभ लिएर धोका दिनु त ठगि नै हो । वैदेशिक रोजगारी, नोकरी लगाई दिन्छु भनेर ठगि गर्नेको विगविगी भए जस्तै । पुरा गर्न नसकिने भरोसा दिनेले आफैलाई पनि धोका दिएको हुन्छ । त्यसैले त गालि, अपमान, आलोचना खानु परेको हुन्छ । आस त गर्नु तर भर नपर्नु त्यसै भनिएको होईन । ढाट्नेको भोजको निम्तो नखाइ पत्याइदैन ।
विश्वास आफैमा आस्था पनि हो । आफुले आफैलाई विश्वस्त नपारी कार्य गर्दा सफलता पाईदैन । हामी आफ्नो काम अरुले गरी देलान भनेर पत्याउँदा असफल हुँन्छौ । हुन त सबै काम एक्लैले गर्न संभव छैन । दृढ निश्चय भएर गरिने कामको नतिजा पनि परिवेश र परिस्थितिमा निर्भर हुन्छ । मेहनत गरेर फसल लगायो जलवृष्टी भएन, प्रकोप आई लाग्यो, हुरी, असिनाले फूल र फल सखाप पारी दिन्छ, स्याहार्न ठिक्क पर्यो भिषण वर्षा र असिनाले नास गरी दिन्छ, जंगली जनावरले नोक्सान गरिदिन्छ ।
सरकारले विश्वासको मत लिन जति प्रयत्न हुन्छ, त्यति जुक्ति र युक्ति जनतालाई तिमी यो देशका नागरिक हौं भनेर विश्वास र भरोसा स्थापित गर्न प्रयत्न गर्ने कहिले हो ?
प्रकृतिले दिने प्रतिकूल नतिजा मानिसले स्वभाविक रुपमा सहन्छ । मानिस राक्षस बनेर मानिसलाई नै गर्ने विनास असह्यै हुन्छ । तर पनि सहनुको उपाय नहुँदो रहेछ । पुराणादी कथाका राक्षसहरु हमास, बोकोहराम जस्ता आतङ्वादी बनेर आउँदा रहेछन् । जसले जिउने विश्वास र भरोसालाई आघात गरी रहेका छन् । नेपालमा जन्मे हुर्केर प्रदेशमा मारिदाको पिडा परिवार जनमा मात्र होइन देशलाई नै सहन गाह्रो छ । ति राक्षसलाई यहाँबाट दण्डित गर्न सक्दैनौ भन्ने जान्दा जान्दै पनि कहिले इराक कहिले इजरायल पुगेर मारिदा पनि किन हामीलाई आफ्नै देशमा गुजारा गर्न नसक्ने बनाइरहिएको छ ? नेपाल र नेपाली प्रति नेपालको वागडोरमा रहनेहरुले किन नेपाली हौं भन्ने भरोषा दिन सक्दैनौ ?
वक्तव्य निकालेर यसो गर, उ सो गर भनेको भरमा जिम्मेवारी पुरा भएको होला र ? अब नेपाली नेपालमै पालिन सक्ने गराआौं भनेर रोजगारी सिर्जना, आत्मनिर्भर बनाउन हल्ला हैन सल्लाह गरेर एकवद्ध हुनु पर्ने होइन र ? सरकारले विश्वासको मत लिन जति प्रयत्न हुन्छ, त्यति जुक्ति र युक्ति जनतालाई तिमी यो देशका नागरिक हौं भनेर विश्वास र भरोसा स्थापित गर्न प्रयत्न गर्ने कहिले हो ? फलानो पार्टीको, फलानो गुटको नबन्नु न, बनि सके पछि देश र जनताको बन्नुस न । नेपालमै रहे पो नेपाली नत्र त परदेशी हो । स्वदेशमा बस्न पाए पो नागरिक । जनतालई नागरिक बनाउन त हो चाहिएका राजनीतिक दल, राज्य सञ्चालनका संयन्त्र ।
बहुघरबार, धेरै सन्तान धान्न सकिदैन भनेर कानून र व्यवहार परिमार्जन भए तर मँहगो ढाँचाको राज्य संयन्त्र धान्न नसकिदो रहेछ भनेर चेत खुल्ने कहिले ? फजुल खर्चले संमृद्धि आउँदैन । परिवर्तनले अग्रगामी नतिजा दिन सकेन भने त्यो त बेइमानी हुन जान्छ । जोगि बन्न राजनीति गरेको होइन् नभन न । देश र जनताको हितका लागि उपलव्ध स्रोत र साधनको समुचित बांडफांड गर्न पाउने अख्तियारी राजनीति हो । दल खडा गरेर नेता मात्र बन्नु राजनीति कदापि होइन । राज्यको स्रोतबाट तलवभत्ता खाने पदमा पुग्दैमा राष्ट्र सेवक बनिदैन तर जे जस्तो भए नि मानेकै छन् त । लुच्चो, छुल्याह, फटाहा, गुण्डा जस्तो नबन्नु सोच, विचार, व्यवहार योगिको जस्तो होस् भन्ने आशा पो गरेको हो । त्यो भरोसा पुरा गर्नु भनेर पो मानेको हो नि । फूलमाला, अबिर लगाई दिएर, बधाई दिएर, स्वागत गरेर, विदाई गरेर, शुभकामना दिएर, नमस्कार गरेर मान दिएको दैनिक विस्वासको मत हो नि । खै कुरा बुझेको । यथोतित सुविधा नलिनु त कसले भनेको छ र । खुट्टामा जुत्ता, झरिमा छाता, बैंकाम खाता , परिवारमा नाता, तनमा कपडा, खानामा गुलियो, पिरो, अमिलो नखाऊ त भनेका छैनन् । पिर पर्दा नरुनु, विवि, टिभी, पति, वेटा, बेटि नराख, विस्तारामा नसुत, शुद्ध पानी नपिऊ त भनेका छैनन् नि । गेरु बस्त्र लागाउने ढोगी वावाजी नवन, तिमीले भोगे जस्तै सुविधा जनतालाई पनि दिऊ ।
माग्नेलाइ घीऊ र भात त कहाँ मिल्छ र ? जवानी छ, सुन्दरता छ तर अति विपन्न, अशिक्षित छ र सीप छैन भने जीउ बेचेर ज्यान त जसोतसो पालिएला । तर त्यस्तो जीवन, जीएको ठहर्दैन । रहरले मात्र कहाँ होला र विदेशिएको । नामर्दको जोई हुनु भन्दा मर्दको नोकरानी हुनु बेस भनेर पो होकि विदेशिएको ।
आरक्षणका नाममा नातावाद, परिवारवाद, कृपावाद नगर, सन्तान तिम्रो रवाफले नविग्रिउन , नसके सकिन भन वेइमान नवन, त्याग गर्न सिक, गर्न सक्ने छानेर पालो दिऊ , बिरोध गर्नेको तेजोबध नगर, सुशासन गर्न नसके पनि कुशासन नगर । यत्ति त आशा गरेका छन नि । दश नङ्ग्रा खियाएर देशमा बस्न सकिन्छ, जिउन सकिन्छ भन्ने भरोसा सिर्जना र स्थापित गर्नु पर्यो पो भनेको हो नि । खोइ त सुनेको । जनता र देश विदेशी सामु हेपिन नपरे पो सान र मान पाच्य होला नि । माग्नेलाइ घीऊ र भात त कहाँ मिल्छ र ? जवानी छ, सुन्दरता छ तर अति विपन्न, अशिक्षित छ र सीप छैन भने जीउ बेचेर ज्यान त जसोतसो पालिएला । तर त्यस्तो जीवन, जीएको ठहर्दैन । रहरले मात्र कहाँ होला र विदेशिएको । नामर्दको जोई हुनु भन्दा मर्दको नोकरानी हुनु बेस भनेर पो हो कि विदेशीएको । विदेशमा बस्नेहरुले राजनीति, प्रशासन र विकासका विषयमा लेख्ने गरेका कमेण्टले लौन छिटो–छिटो गरेर नेशन विल्डिङ् गर, हामीलाई छिटो फर्काऊ, हामी जस्तै अरुलाई थप विदेशिन बाध्य नपार । गैह्र आवासीयबाट मुक्ति पाऊं । त्याहाँबाट हेर्दा के के न होला , यहाँ त हामी अस्तित्व विहिन छौ । त्यसैले त त्यहाँ वस्ने तिमिले भन्दा यहा वस्ने मैले देशको माया गरेको देखाउन परेको छ, गाली गरेझै गरे पनि तिमीलाई जगाउन र अव त गर्छौ कि भन्ने भरोषा बांकी भएर हो नभए किन रविलाई पठाउथेउ र । एउटा रवि पठाउँदा तिमीलाई गाह्रो परेको छ, थप भानु, शशी, उषा, चादनी, तारा आयौ भने के होला, बेलैमा चेत । राजधानीको लौरोले तिमीलाई चोर भन्दा त्यतै बसेकाले ताली बजाए छन् । यो सबै तिमीलाई खबरदारी हो भन्ने कहिले बुझ्छौ, कहिले सुध्रन्छौ, होनहार आफ्ना कार्यकर्तालाई विचल्लि नपार, अवसर नपाए तीनिहरुको विद्रोहले ज्वालामुखीले झै सखाप पार्ला भन्छन रे नि । कि कसो ?
लेखक कानून, राजनीतिशास्त्र, जनप्रशासनका विद्यार्थी र पूर्व कर्मचारी समेत हुन् ।