Shittalpati
गुुल्मेली संगम पाल्पाको शुुभकामना आदान– प्रदान 

पाल्पा, गुल्मेली संगम पाल्पाले नजिकिदै गरेको विजया दशमी, शुभ दिपावलीको शुभकामना आदान–प्रदान गरेको छ । संगमले बिहीबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच शुभकामना आदान प्रदान गरेको हो ।

कार्यक्रममा विभिन्न पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुले एक आपसमा शुुभकामना आदान–प्रदान गरेका थिए । गुल्मेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले शुुभकामना आदान– प्रदान गरिएको संगमका अध्यक्ष पुुण्य सुवेदीले बताए । गुल्मेली दाजुभाई, दिदीबहिनीहरु बिच भेटघाट गरी आत्मीयता साट्न शुभकामना आदान–प्रदानले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष सुवेदीले विश्वास व्यक्त गरे । 

गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका व्यक्तिहरु बिचको आत्मीयता, सद्भाव र सम्बन्धलाई थप नजिक बनाउने गरी संगमले हरेक वर्ष चाडपर्वको पूर्व सन्ध्यामा भेटघाट तथा  शुभकामना कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा संगमलाई थप सशक्त र रचनानात्मक ढंगले अगाडि बढाउन सम्पूर्ण गुल्मेली दाजुभाइ, दिदीबहीनीहरुको साथ आवश्यक रहेको अध्यक्ष सुवेदीको भनाई छ । उनले संगम स्वयंसेवी संस्था भएकाले आर्थिक रुपमा सक्षम भए मात्र संगमलाई थप विस्तार र मजबुदर बनाएर लैजान सकिने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना आदान–प्रदान गर्दै जन्मभूमि प्रतिको मायाले ओतप्रोत भएका गुल्मेली दाजुभाइ, दिदीबहीनीहरु एक ठाउँमा भेटघाट गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताएका थिए । उनीहरुले संगमलाई जीवन्त र सक्रिय बनाएर लैजान आफुहरु लागि पर्ने बताएका छन् ।  कार्यक्रम संगमका अध्यक्ष पुण्य सुवेदीको अध्यक्षता, उपाध्यक्ष डाँसुराम पन्तको स्वागत, सचिव गंगाबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update