Shittalpati
शित्तलपाटी डटकमका लेखक अर्याल पुरस्कृत

पाल्पा, शित्तलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिकका लेखक दुर्गा अर्याल राष्ट्रियस्तरको लेखन प्रतियोगिताबाट पुरस्कृत भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल पत्रकार महासंघ तथा नेपाल विजनेस इन्सिच्युटको संयुक्त आयोजनामा भएको लेखन प्रतियोगिताबाट नगद सहित अर्याल पुरस्कृत भएका हुन् ।

उनलाई शुक्रबार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नगद ५० हजार सहित पुरस्कृत गरेका छन् । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ शिर्षकको राष्ट्रियस्तरको लेखनमा पाल्पाका अर्यालले पनि सहभागिता जनाएका थिए । सहभागी मध्ये उनी तेस्रो स्थानमा पर्न सफल भएका हुन् ।

वर्तमान आर्थिक संकट समाधान र समृद्धिको मार्गचित्र बारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका प्रतियोगिता आयोजना गरिएको थियो । पुरस्कृत लेख अर्थशास्त्रका प्राध्यापक समेत हुन् । उनले नवजनचेतना दैनिक र शित्तलपार्टी डटकममा नियमित रुपमा आर्थिक र समसामयिक रुपमा लेखहरु लेख्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update