Shittalpati
ग्लोबल बैकको दसैँ विशेष टिकटकमा ६० हजार जित्ने अवसर

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने योजना ल्याएको छ । बैंकले युवा युवतीहरूमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ्ग सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगितामार्फत सो अवसर ल्याएको हो ।

उक्त प्रतियोगितामा सहभागी हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैँको सामग्रीहरू समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको सर्तहरू पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ । प्रतियोगितामा सहभागी मध्ये धेरै लाईक आउने तीन जना सहभागीलाई क्रमशः प्रथम पुरस्कार रु ६० हजार दोस्रो पुरस्कार रु ३५ हजार र तेस्रो पुरस्कार रु २५ हजार प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागी हुन कार्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update