Shittalpati
विश्व बैंकले सहुलियतपूर्ण ऋण दिदैं

पाल्पा, विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दिने भएको हो ।

विश्व बैंक र आइएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार स्वदेश फर्किएका अर्थमन्त्री डा. प्रकाशशरण महतले अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण ऋण दिन सकरात्मक भएको बताएका  छन् । आइडिएको २१ औँ रिप्लेनिस्मेण्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले राखेको प्रस्तावमा विश्ववैंक सकारात्मक रहेको बताइएको छ । बैठकमा निजी लगानी तथा वाÞय पुँजी परिचालन बढाउने, सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्ने, सार्वजनिक निजी साझेदारीमा परियोजना विकासका लागि प्राविधिक सहयोग परिचालन गर्ने, स्थानीय मुद्रामा आधारित बण्डमार्फत थप पुँजी परिचालन गर्ने र आइ एफ सी को आगामी कन्ट्री पार्टनरसीप फ्रेमवर्कमा यी कुरा समावेश गर्ने विषयमा छलफल भएको भएको थियो । नेपाल जलवायु परिवर्तनको गैरअनुपातिक असरबाट प्रभावित रहेकोले ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने र क्षमता विकासका कार्यक्रममा लगानी गर्ने कुरामा जोड दिइएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update