Shittalpati
आज विश्व खाद्य दिवस

पाल्पा, आज ४३ औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो ।

सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको पाइन्छ । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाए पनि २०३८ साल (सन् १९८१) देखि यो दिवस मनाउँदै आएको छ । विश्वमा प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस अक्टोबर महिनाभरी उपयुक्त मितिमा मनाइने प्रचलन अनुसार नेपालले यस वर्ष राष्ट्रियस्तरमा आगामी बिहीबार मनाइने लागेको छ । विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरूलाई प्रवद्र्धन गर्न तथा सबैका लागि स्वास्थ आहार सुनिश्चित गर्न उक्त दिवस मनाइने भएको हो । प्रदेश र स्थानीयतह तथा अन्य कृषिसँग सम्बन्धित संघ संस्थाले भने विश्व खाद्य दिवस मनाइरहेका छन् । खाद्य दिवसको नारा ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने रहेको छ । कृषि प्रधान मुलुक नेपालमा झण्डै ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर रहेका कारण यहाँ तिव्र भोकमरीको समस्या नभएपनि बेला बेलामा आउने भूकम्प र कोरोना महामारीका कारण खाद्य संकट उत्पन्न हुने गर्दछ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update