Shittalpati
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाल्पा, जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँका तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । 

मंगलबार तानसेन–१ उकालोपिपलका ४० वर्षीय एक पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाका प्रहरी कार्यालयका अनुसार खुमबहादुर सार्की आफ्नै घरको विस्तारमा मृत अवस्थामा फेला परेका हुन् । बिहान अबेरसम्म पनि घरको ढोका नखोले पछि छिमेकी वीरबहादुर नेपालीले घरमा गई झ्यालबाट हेर्दा घर भित्रै सुतिरहेको अवस्थामा देखेपछि बोलाउदा समेत नउठेकाले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै अस्थाई प्रहरी पोष्ट भुसलडाँडा र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको थियो । 

यस्तै रैनादेवी छहरा गाउँपालिका –२ सर्देवामा रहेको सिजि कम्पनीमा ट्रस बनाउने क्रममा माथिबाट खसेर एक जनाको मृत्यु भएको छ । कपिलबस्तु महाराजगंज नगरपालिका–६ सहरनियाका ३० वर्षीय ईजमान खान अचानक २२ मिटर माथिबाट तल खस्न गई घाईते भएका थिए । उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update