Shittalpati
वैकुन्ठेमा जीप खस्दा ६ जनाको मृत्यु एक घाईते 

तानसेन, रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाको घटना स्थलमा मृत्यु हुनेहरुमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल,  र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 
        अन्दाजी साझ ५ बजे भएको  दुर्घटनामा चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ ।   पर्यटकिय स्थल रानीघाट दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिरबाट खोलामा खसेको हो ।  जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खोलामा खसेको हो । 
      रानीमहल घुम्नका लागि आएकाहरु दुर्घटनामा परेका हुन ।  रानीमहल घुमेर फर्कदै गर्दा उनीहरु सवार जीप व्रेक फेल भएर अनियन्त्रित भएर व्याक भएको थियो ।  उद्धारमा कठिनाई भएको थियो ।  तल खसेर जीप पानीमा डुवेको थियो । प्रहरी र उद्दार टोली घटना स्थल खोलाबाट मृतक र घाईतेलाई निकालेका हुन  । दुर्घटनामा चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको  र उनको स्वास्थ्य अवस्था पनि गम्भीर छ । मृतक र घाईते सबैको टाउकोमा गम्भीर चोट लागेको छ ।  स्थानीय वासिन्दाका अनुसार रानीघाटबाट फर्कदै गर्दा वैकुण्ठेको उकालो काट्नै लाग्दा तानसेन तर्फबाट मोटर साईकल र केही गाडीहरु झर्दै गर्दा साइड दिने क्रममा ब्रेक फेल भए पछि जीप अनियन्त्रित भई तल झरेको हो । जीप खोलामा पुग्दा सम्म कही पनि पल्टी खाएको छैन । घाईते र मृतक सबै खोलामै खसेका छन् ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update