Shittalpati
पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका –१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

शनिबार अपराह्न्न मोटरसाइकल अचानक सडकबाट १० मिटर तल खस्न जाँदा थापा गम्भीर  घाइते भएका थिए । घाइते उनको प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले  जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update