Shittalpati
तानसेनमा नगदसहित ७ जुवाडे पक्राउ

पाल्पा, पाल्पाको तानसेनबाट नगद रकमसहित ७ जुवाडे पक्राउ परेका छन् । शनिवार  साझ तानसेन नगरपालिका–२  बडिज्ञाटोलस्थित एक घरबाट  ९२ हजार भन्दा बढी  नगदसहित ७ जुवाडे पक्राउ परेका हुन् । 

जिल्ला कार्यालय पाल्पाबाट  प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठको  नेतृत्वमा खटेको प्रहरी टोलिले बडिज्ञानटोलस्थित एक घरको कोठाबाट जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ९२ हजार ४ सय २५ रकम  बरामद गरेको  छ । 
प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ सय २५ पत्ति तास पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update