Shittalpati
काँग्रेसले भूकम्प प्रभावितलाई  ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल

पाल्पा,नेपाली काँग्रेसले जाजरकोट भूूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई  ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै भूूकम्प प्रभावितका लागि ५० लाख आर्थिक सयोग गर्ने निर्णय गरेको जनाएको हो ।

उसले मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको भन्दै यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न अपिल समेत गरेको छ । उसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिल गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update