Shittalpati
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु

पाल्पा, तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारण सभा तथा ८ औं अधिवेशन भएको छ । सहकारीको शनिबार तानसेनमा साधारण सभा तथा अधिवेशन भएको हो ।

अधिवेशनले मधु दयाल सैंजुलाई अध्यक्षतामा चयन गरेको छ । सैंजु   यस अघि संस्थाका पूर्व अध्यक्ष समेत हुन् । अधिवेशनले उपाध्यक्षमा सुशिलप्रसाद प्रधान, सचिवमा संजयराज शाक्य, कोषाध्यक्षमा ज्ञानु कार्कीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा विमलप्रसाद श्रेष्ठ, अजयबहादुर श्रेष्ठ, इन्द्र लक्ष्मी  सैंजु अमात्य, दामोदर गैरे, अञ्जु शाक्य रहेका छन् । अधिवेशनले लेखा समिति संयोजकमा सगुुन प्रसाद श्रेष्ठ, सदस्यहरुमा श्रीधर खनाल, रुपेश राज शाक्यलाई समेत चयन गरेको छ ।

अधिवेशन उद्घाटन सत्रमा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीको सफलताको शुुभकामना व्यक्त गर्दै सहकारीको सिद्धान्त र मर्मलाई आत्मसाथ गरेर अगाडि बढ्न सके संस्था बलियो बनेर जाने बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द भट्टराईले आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीका अध्यक्ष सुरेन्द्र मुनि शाक्यले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको बताए । उनले भने ‘सहकारीको माध्यमबाट सदस्यहरु बिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’ कार्यक्रममा कोषाध्यक्ष अजयबहादुर श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुुत गरेका थिए ।  कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्र मुनि शाक्यको अध्यक्षता, उपाध्यक्ष सुशिल प्रसाद प्रधानको स्वागत, सचिव संजय राज शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update