Shittalpati
मनिषाको बलात्कारपछि हत्याको आशंका,  प्रहरी भन्छ ‘हत्यारा समात्यौं, भोलि सार्वजनिक गर्छौं’

 गुल्मी, जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्या प्रकरणलाई लिएर यति बेला शान्तिपुर क्षेत्र तनाव ग्रस्त बनेको छ । दुई दिन अघि हराएकी रुचाल शुक्रबार साँझ हुग्दीखोलामा बिभत्स मृत अवस्थामा फेला परे पछि सो क्षेत्र तनाव ग्रस्त बनेको हो । 

मनिषा उदय मावि कक्षा ९ मा पढ्दै आइएकी थिइन् । उनी विहीबार दिउँसो हाफपाईन्ट र  पहेलो टिसर्ट लगाएको अवस्थामा हराएकी थिईन । शुक्रबार साँझ पख खोला किनारमा भेटिएको मनिषाको शव फेला पर्दा उनी अर्थनग्न अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।  उनको तल्लो पेट र माथी घाँटी देखि तल निर्वस्त्र अवस्थामा रहेकी थिइन् । जसले गर्दा मनिषाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । 

प्रहरीले अनुसन्धान पछि शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उसले शान्तिपुर बजारमा रहेको मदरसा गुल्सानी मदीनाका कुरान प्रशिक्षक (धर्म गुरु) रहिस खानलाई नियन्त्रणामा लिएको हो । उनैले नै मनिषाको बलात्कारपछि हत्या गरेको स्रोतको दावी छ । घटना घटेको अघिल्लो दिन मनिषा र धर्म गुरु खानबिच फेसबुकमा दोहोरो संवाद भएको बुझिएको छ । जसले गर्दा अनुसन्धानमा हत्यारा पत्ता लगाउन प्रहरीलाई सहज भएको हो । प्रहरीले अहिले हत्यारा सार्वजनिक नगरे पनि भोलि आइतबार सार्वजनिक गर्ने तयार गरेको प्रहरी स्रोतले जनाएको छ ।  अहिले त्यहाँको मदरसा नै सिल गरिएको छ । आशंका गरिएका आधा दर्जनलाई  शुक्रबार नै सोधपुछका लागि शान्तिपुर ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी)  डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार आफुहरु अनुसन्धान नजिक पुगेको बताए । 

शान्तिपुरको श्रीलंका टोलमा आमा सहित डेरा गरी बस्ने मनिषा घर नजिकैको खेतमा धान झाँट्ने काममा गएकी थिईन् । त्यही ठाउँबाट उनकी आमा बाटुुले भन्ने धनमायाले खेतलाहरुलाई सुर्ति किन्न पठाए पछि उनी श्रीलंका टोलकी शान्ति थापाको घरमा सुर्ति किनेर फर्केको बुझिएको छ । सुर्ति किनेर फर्केदै गर्दा मदरसासम्म उनी पुगेको सिसिटिभीबाट प्रहरीले पत्ता लगाएको छ ।  जिल्ला प्रहरी  प्रमुख एसपी नविनकिशोर प्रधान र प्रहरी निरीक्षक किरान सापकोटा सहितको टोलीले अनुसन्धानलाई अन्तिम चरणमा पु र्‍याएको हो । निष्पक्ष अनुसंन्धानको माग र दोषी माथि कार्यवाहीको माग गर्दै अधिकारकर्मीको  टोलीले प्रहरीलाई दवाब दिर्दै आएको थियो । प्रहरी प्रमुख प्रधानले भने ‘हामी घटनाको छानवीनमा नजिक पुगेका छौं छिट्टै टुङ्गोमा पुग्छौं ।’ मनिषाको शवलाई पोष्टमार्टका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ । 
प्रहरीले चन्द्रकोट गाउँपालिका–४ का वडाध्यक्ष बलबहादुर बस्नेत र स्थानीय वासिन्दाको सहयोग लिएर  अनुसन्धान अगाडि बढाएको थियो । गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले घटनाको अनुसन्धानका लागि सबै पक्ष एक जुट भएर लागेको बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update