नेपालले शुक्रबार घरेलु मैदानमा भएको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । यसअघि पहिलो पटक सन् २०१४ मा खेलेको थियो । नेपाली खेलाडीले विजयी प्राप्त गरेसँगै नेपालीमा खुसीयाली छाएको छ । यूएई माथि भएको जित नेपालका लागि ऐतिहासिक सफलता हो । यस कारण पनि नेपालीमा खुसीयाली छाउनु स्वाभाविक नै हो ।
नेपालले यूएईलाई हराएर कीर्तिमान नै बनाउन सफल भयो । हुन त नेपाली खेलाडीका लागि यो दोस्रो ऐतिहासिक सफलता हो । यस अघि चैतमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाली खेलाडीले यस्तै ऐतिहासिक विजयी प्राप्त गरेका थिए । त्यति बेला पनि नेपालले यूएईलाई हराएर कीर्तिमान नै बनाउन सफल भएको थियो । नेपालले उक्त खेल जितेरै विश्वकप क्वालिफायरमा सिधै छानिन पाएको हो । अहिलेको सफलताले झन् विश्व किर्तिमान नै राख्न सफल भयो । विश्वकप खेलेका सोमपाल कामी अहिले टिमका प्रमुख अलराउन्डर हुन् । उनले नै सेमिफाइनलमा यूएईका दुवै ओपनरलाई आउट गरेर नेपालको विजय यात्रा कोरेका थिए । यसले नेपाल र नेपालीको शानलाई थप उचाईमा पु¥याइदिएको छ । विश्वकपका लागि तय गरेको यात्रा सामान्य होइन् । यसमा नेपाली सिनियर टिमले यो अवस्थासम्म आइपुग्दा निकै ठूलो मेहनत गरेको छ । विश्व क्रिकेट खेल्न पाउनु सामान्य उपलब्धि मानिन्न । यसले विश्व क्रिकेटको एक उत्कृष्ट टिम हो भन्ने सन्देश समेत विश्वभर प्रवाह गर्ने छ । टिमले जित्दा सरकारले पुरस्कारको व्यवस्था पनि गर्दै आइरहेको छ । तर अब त्यत्तिले मात्र हुँदैन । क्रिकेटमार्फत खेलाडीहरुले नेपाललाई विश्वमा चिनाइरहेका छन् । तसर्थ सरकारले यो खेलमा दीर्घकालीन लगानी गर्न सक्नुपर्छ । भावी दिनमा समेत नेपालको सफलता कायम रहोस् । नेपाली क्रिकेट टिमले सधँै नै नै बधाई तथा शुभेच्छा पाउन सफल भई रहोस्, सम्पूर्ण नेपाली खेलाडीहरुलाई बधाई र आगामी खेल यात्राको शुभकामना ¤