Shittalpati
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा

पाल्पा, यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत सावर्जनिक गरेको हो ।

सार्वजनिक गरिए अनुसार कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा साईत रहेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update