Shittalpati
गुल्मी मनिषा हत्या प्रकरण  : बाँकेका रहिस पक्राउ  [अपडेट]

गुल्मी, जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्याका आरोपित रहिस खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले मनिषा हत्याका आरोपित बाँके खजुरा गाउँपालिका– ७ घर भई हाल चन्द्रकोट गाउँपालिका –४ बस्ने २३ वर्षीय खानलाई पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर गरेको मुद्धामा  ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी  प्रमुख एसपी नविनकिशोर प्रधानले जानकारी दिए । 

दुई दिन अघि हराएकी रुचाल गत शुक्रबार साँझ हुग्दीखोलामा बिभत्स मृत अवस्थामा फेला परेकी थिइन । मनिषा उदय मावि कक्षा ९ मा पढ्दै आइएकी थिइन् । उनी गत विहीबार दिउँसो हाफपाईन्ट र  पहेलो टिसर्ट लगाएको अवस्थामा हराएकी थिईन । शुक्रबार साँझ पख खोला किनारमा भेटिएको मनिषाको शव फेला पर्दा उनी अर्थनग्न अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।  उनी तल्लो पेट र माथी घाँटी देखि तल निर्वस्त्र अवस्थामा रहेकी थिइन् । जसले गर्दा मनिषाको बलात्कारपछि हत्या भएको हुन सक्ने बताइएको छ ।

पक्राउ परेका खान शान्तिपुर बजारमा रहेको मदरसा गुल्सानी मदीनाका कुरान प्रशिक्षक (धर्म गुरु)  रहेको बुुझिएको छ ।  घटना घटेको अघिल्लो दिन मनिषा र धर्म गुरु खानबिच फेसबुकमा दोहोरो संवाद भएको बुझिएको छ । जसले गर्दा अनुसन्धानमा हत्यारा पत्ता लगाउन प्रहरीलाई सहज भएको थियो । प्रहरीले अहिले उनलाई हत्यारा भनेर सार्वजनिक नगरे पनि मनिषाको उनैले हत्या गरेको स्रोतको दावा छ । आशंका गरिएका आधा दर्जनलाई शुक्रबार नै सोधपुछका लागि शान्तिपुर ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएर अनुसन्धान गरिएको थियो । 

मनिषा शान्तिपुरको श्रीलंका टोलमा आमा सहित डेरा गरी बस्दै आएको घर नजिकैको खेतमा धान झाँट्ने काममा गएकी थिईन् । त्यही ठाउँबाट उनकी आमा बाटुुले भन्ने धनमायाले खेतलाहरुलाई सुर्ति किन्न पठाए पछि उनी श्रीलंका टोलकी शान्ति थापाको घरमा सुर्ति किनेर फर्केको बुझिएको छ । सुर्ति किनेर फर्केदै गर्दा मदरसासम्म उनी पुगेको सिसिटिभीबाट प्रहरीले पत्ता लगाएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update