Shittalpati
रुपन्देहीबाट पाल्पा घुम्न आएका बिमलको भुतखोलमा डुबेर मृत्यु  

पाल्पा, रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भुुतखोलमा डुबेर मृत्यु भएको छ । मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए । खोलामा डुबेका उनलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

आचार्यसँग सोही ठाउँकी २६ वर्षीया युना दाहाल पनि गएकी थिइन् । उनी पनि अचानक खोलामा डुब्न पुगेकी थिइन् । दाहालको भने बुटवल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको बुझिएको छ । घटानको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update