पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो । सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफी एक्सरेको माध्यमले बिरामीलाई निदानात्मक सेवा दिने पद्धति हो । सामान्य भाषामा रेडियोग्राफीलाई एक्सरे वा विकिरण भनेर बुझ्न सकिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । एक्सरेले हाम्रो शरीर भित्रका हड्डीहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ । अल्ट्रासाउण्डबाट शरीरभित्रका अङ्गहरुका बारेमा बिना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरीरका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन यसको अत्यन्त ठूलो महत्व रहेको छ । यस सँगैसँगै यसको जोखिम पनि उत्तिकै रहेको छ । कतिपय अवस्थामा एक्सरेमा काम गर्ने व्यक्ति र बिरामीमा नकारात्मक असर पुग्छ ।
खासगरी, बच्चा, बुढाबुढीमा एनडिपी अर्थात् शरीरले पचाउन सक्ने रेडिएसनको मात्रा कम हुन्छ । त्यसैले, असर देखिन सक्छ । यसबाहेक, गर्भवतीलाई पनि रेडिएसनले चाँडो प्रभाव पार्ने भएकाले गर्भावस्थामा सकेसम्म एक्सरेको प्रयोग गरिनु राम्रो मानिदैन । खासगरी संवेदनशील अंगमा यसको असर बढी पर्न सक्ने भएकाले प्रयोग गर्दा ध्यान पु¥यााउनुपर्ने हुन्छ । एक्सरेका क्रममा एनडिपीको मात्रा बढी उत्पन्न भएमा मानव शरीरमा हानी पु¥याउने जोखिम उच्च रहन्छ । जसले गर्दा दृष्टि कमजोर हुने, छालामा असर देखिने, क्यान्सर हुनेजस्ता सम्भावना रहन्छ । तर, कतिपय रेडियोग्राफी सेन्टर यसले पु¥याउन सक्ने असरबारे सचेत रहेको पाइँदैन । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउन आवश्यक छ । हुन त विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउन हरेक वर्ष नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउन लागिएको छ । यद्यपी दिवस हरेक वर्ष मनाउने गरिए पनि रेडियोग्राफीको प्रयोग बारे अझै सचेतना फैलिन सकेको छैन । जसका कारण स्वास्थ्य चुनौति देखापरेको छ । तसर्थ यसको प्रयोगका बारे सबै सचेत हुन जरुरी छ ।