Shittalpati
नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय

काठमाण्डौ, वर्तमान सरकारले चर्चित र वहुप्रयोगमा आएको सामाजिक सन्जाल टिकटकलाई प्रतिवन्ध लगाउँने निर्णय गरे संगै सर्वत्र विरोध शुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका दर्जनौ युवा तथा अधिकारकर्मीहरुले सरकारको सो निर्णय अविवेकी भएको आरोप लगाएका छन् । उनीहरुले अभिव्यक्ती स्वतन्त्रता माथि सरकारले धावा बोलेको पनि आरोप लगाएका छन् ।

 सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि संविधानतः प्राप्त अभिव्यक्ती स्वतन्त्रताको ठाडो उपहास भएको भन्दै विभिन्न क्षेत्रबाट  विरोधका आवाजहरु उठ्न थालेका छन् । मन्त्रिपरिषद्ले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।

       प्राविधिक रूपमा आवश्यक पर्ने सबै प्रावधानहरु सञ्चार मन्त्रालयले मिलाउने र सोमवार देखि नै टिकटक नेपालमा बन्द हुने, सञ्चारमन्त्री शर्माले शित्तलपाटी डटकम संगको कुराकानीमा बताईन । सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना,सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेकोले मन्त्रीपरिषदको वैठकबाट सो निर्णय गर्नुपरेको मन्त्री शर्माको दावी छ । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित उजुरी परेका थिए । अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
               

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update