Shittalpati
आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा

पाल्पा, लुम्बिनी प्रदेशका चार जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठपर्व तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरुमा धुमधामका साथ मनाउने गरिन्छ । छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अघ्र्य चढाउने गरिन्छ । छठपर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update