Shittalpati
अब चिन्ताले मात्रै पुग्दैन

नेपालमा अहिले विभिन्न किसिमका अराजनैतिक र राजनैतिक समस्याहरु देखा पर्न थालेका छन् । राजनीतिका कुरा गर्नेहरुका लागि राजनीति, वास्तवमै खराव मनसायका साथ गरिने क्रियाकलाप हो त ? भन्ने मनमा जिज्ञासा र कौतुहलता सृजित भएको अवस्था छ । जताततै राजनीति र लोकतन्त्रप्रतिको आस्था र विश्वासमा टिकेका विचारहरु प्रतिको सामूहिक र संस्थागत आक्रमण र प्रतिआक्रमणले गर्दा नयाँ पुस्ताले राजनीतिलाई नकारात्मक शैलीको रुपमा बुझेको पाइन्छ । समस्या माथि समस्या अनि राजनैतिक क्रियाकलाप माथिको आक्रामक हाम्रो समाज अब कुन दीशातर्फ अग्रसर हुने हो, चिन्ता र चासो बढेको बढेइ छ । प्रणाली प्रति नै विश्वास नगर्नेहरुको जमात दिनप्रति दिन बढिरहेको छ ।         

कतिपय विश्वास पात्रका लागि पनि विश्वासले नै धोका दिन्छ कि भन्ने सन्त्रास बढिरहेको अवस्था छ । त्यसकारण विश्वास माथि नै कुठाराघात हुन्छ कि भन्ने चिन्ता र चासो बढ्दै गएको अवस्थाप्रति कसैले पनि चिन्ता गरेका छैनन् । नराम्रा मध्येका राम्रा, खोज्ने कि, राम्रा नहुँदासम्म देशले राजनैतिक संस्कारकै विकासमा तगारो लगाउँने भन्ने चिन्ता र चासोमा पनि ह्रास आइरहेको छ ।  लोकतन्त्र अनि वाकस्वतन्त्रता छैन भनौ भने मनमा लागेको हरेक विचारहरु विभिन्न खालका माध्यमबाट व्यक्त भएकै छन् । नेता र दलहरु सबै इमानदार बन या बनांै भन्ने मात्रै तर्कमा सिमित हुने अवस्था देखिन्छ र नभएको होइन तर इमानदारहरु जहिले पनि अल्पमतमा परेका कारण यी र यस्ता समस्याहरु आएका हुन् भन्ने बेला आएको आभास भइरहेको छ । समयानुसार हरेक दल र नेताहरुको इमानदारिताको प्रतिविम्वलाई यथावत राख्दै देशले प्राप्त लोकतन्त्र र नयाँ संविधानको सही कार्यान्वयन र अनियमिताका पक्षधरलाई कार्यवाही र इमानदारलाई जिम्मेवारी सुम्पिने खालको वातावरणका लागि सबैले विगतको आत्मालोचना र उज्वल भविश्यको आशा अनि विश्वास साथ अगाडि नबढ्दासम्म कुनै कोणबाट पनि राम्रो भएको अनुभूत गर्न सकिने अवस्था छैन । त्यसैले मुलुकमा अब ‘भाई फुटे, सत्रुले मज्जा लुटे’ बाहेक केही हुन सक्दैन भन्ने चिन्तालाई न्यूनिकरण गर्ने र जनताका पक्षमा काम हुनुपर्छ भन्ने सोंचको विकास हुनुपर्ने हुन्छ । अनि मात्र मुलुक र मुलुकवासीले भविश्यप्रति आशा गर्ने थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update