Shittalpati
संयमित भई अगाडि बढौं

प्राप्त लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानका साथ अगाडि बढिरहेको बेला राजतन्त्र पुनः स्थापना र हिन्दुधर्म सापेक्षताका नाराहरु अगाडि बढाएर नेपाललाई फेरि पनि सबै कुराबाट ध्वस्त पार्ने षड्यन्त्र शुरु भएको भान हुन थालेको छ । आफ्ना मागहरु व्यवस्थित रुपमा प्रयोग गर्ने अधिकार हुँदा हुँदै मुडभेदको वातावरण सिर्जना गर्नु आफैमा गैरकानूनी प्रक्रिया हो ।

मंसिर ७ गते राजधानीमा हुन लागेका प्रर्दशनलाई लिएर सरकारले शान्ति सुरक्षालाई व्यवस्थित गर्ने सोंचका साथ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधित क्षेत्रको पहिचान र सम्भावित अप्रिय घटनाहरु हुनबाट रोक्नका लागि विभिन्न प्रयास गरिरहेको छ । व्यक्ति र संस्थाहरुले गर्न लागेका प्रर्दशन र कार्यलाई व्यवस्थित गर्ने सोंचका साथ गरिएका प्रयासहरु सफल हुनुपर्छ र सबैका आवाजलाई सरकार र जनताले सुन्न अनि मनन् गर्न पनि पाउँनुपर्छ भन्ने सरकारको अवधारणा रहेको देखिन्छ । किन कि, प्रर्दशन नरोक्ने, त्यसको व्यवस्थापन गर्ने शैली देखापर्नु भनेको राम्रो पक्ष हो । यद्यपि मेडिकल व्यवसायी दुर्गा प्रसाई र एमालेको भातृ संगठन युवा संघले एकै दिन गर्न लागेका प्रर्दशनले लोकतन्त्र प्रतिको जनविश्वासमा कमी ल्याउने खतरा छ । यसलाई व्यवस्थित र जात जाती, धर्म संस्कृति प्रतिको विश्वासमा कमी नआउँने गरी प्रर्दशन गर्ने शैलीलाई सबैले अवलम्वन गर्नुपर्छ । 

जातजाती, धर्म र संस्कृतिका नाममा हुने जनसुकै आन्दोलन पनि देशका लागि हितकर हुँदैनन् । हिजो मार्सी भोजसँगै राजनीति अनि पेशा व्यवसायका साधै आ–आफ्नो हिसावबाट विभिन्न किसिमका आँकलनहरु आफैमा पनि अत्यन्तै विवादित हँुदै आएको थियो । त्यतिबेला अहिलेका प्रधानमन्त्री पुष्पकमल दहाल, पूर्वप्रधानमन्त्री केपी ओली समेत एउटै विचारका अगुवाका रुपमा चिनिएका थिए । कालान्तरमा हँुदै पछि आएर विभिन्न कुरालाई लिएर मनमुटाव शुरु भएको थियो । अहिले आएर दुर्गा प्रसाई, राजतन्त्रलाई पुर्नस्थापना, हिन्दु धर्म सापेक्ष जस्ता भूमिकालाई अगाडि बढाई रहँदा, प्रसाईको अभियान व्यक्ति केन्द्रित र आत्मकेन्द्रित हुँदै जाने डर पनि त्यतिकै प्रवल रुपमा देखिन्छ । त्यसकारण भेला हुने, आफ्ना विचार एक आपसमा जनउपयोगी शैलीबाट राख्ने र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा कानूनमा भएको व्यवस्थालाई पनि बुझ्न, देश र हाम्रो अवस्था प्रतिको असल आंचरणकालाई ध्यान दिनुपर्ने हुन्छ । हरेक असल नागरिकले आन्दोलन गर्ने शैलीलाई आत्मरतिका रुपमा भन्दा पनि शान्ति, सुरक्षा र अमनचैनको वातावरणलाई नखल्बल्याई गर्नुपर्ने जिम्मेवारीलाई बिर्सनु हुँदैन । अनि मात्र मुलुकले नयाँ दिशाबोध गर्न सक्छ । त्यस कारण हामीले आफुलाई सचेत छौं भन्दै गर्दा संयमितता पनि गुमाउँनु हँुदैन । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update