Shittalpati
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार  

पाल्पा, जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प पिडितहरुको लागि रिब्दीकोट गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको मंसिर ५ गते बसेको बैठकले १ लाख ६६ हजार रुपैया नगद सहयोग गर्ने निर्णय गरेको पालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

गाउँ कार्यपालिकाको बैठकले पालिका विपद् व्यबस्थापन कोषबाट एक लाख, पालिका अध्यक्ष, उपाध्यक्षबाट पाँच/पाँच हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबाट दुई/दुई हजार, वडा सदस्यहरुबाट एक/एक हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । उक्त  सहयोग रकम प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोष खातामा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update