Shittalpati
गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश

पाल्पा, गरिमा विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि पहुँच भन्ने नाराका साथ बैंकले १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको हो ।

ग्राहकमैत्री एवं नवीनतम डिजिटल बैकिङ सेवा प्रवाह गर्दै आइरहेको बैंकले विभिन्न कार्यक्रम गरी  वार्षिक उत्सव मनाएको छ । उसले वार्षिक उत्सवका अवसरमा देशैभर एकैदिन विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयसहित विभिन्न क्षेत्रीय तथा जिल्ला शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले न्यानो कपडा वितरण, डस्टबिन विद्यार्थीहरूका लागि स्कुल ब्याग, अनाथ तथा असहायहरुका लागि इन्भर्टर, बेड हस्तान्तरण गरेको समेत गरेको जनाएको छ ।

बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लामा १२३ शाखा कार्यालय र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विकास बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकलाई सेवा पु¥याइरहेको बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको दावी गरेको छ  । वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंको पुतलीसडकमा नयाँ शाखा विस्तार समेत  गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update