संसारमै आशा र भरोसा सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । उनीहरु बीचको सम्बन्ध अत्यन्तै सन्निकट र सामिप्यताले भरिपूर्ण हुनुपर्ने हुन्छ । सामाजिक उत्तरदायित्वसँगै उनीहरुका हरेक योजना र क्रियाकलापले दिने परिणामलाई आशाको शुभारम्भ विन्दु मानिन्छ । त्यसकारण पटक–पटक उठ्ने गरेका वहस अहिले मुलुकका कतिपय राजनैतिक दलका नेताहरु आस हराएका मानिसहरु जस्तै भएका छन् । त्यसकारण नेतृत्व परिवर्तनको आवश्यकता प्रति गहन चर्चा हुने गरेको पाइन्छ । नेपालका पुराना दलहरुका नेतृत्वप्रतिको नकारात्मक प्रचार हुनु भनेको नै आस हराएका मान्छेहरुको नेतृत्व भएका कारणले नै हो । नयाँ पुस्ता भन्ने गर्छन्, जसको वृद्धावस्थाका कारण शारीरिक, मानसिक क्षमतामा ह्रास आउँछ त्यसपछि अरुको सहारामा दैनन्दनी चल्नुपर्ने हुन्छ । त्यसकारण पनि पुराना दलका पाकापुस्ताका नेताहरुबाट राजनैतिक उत्तराधिकार हस्तान्तरण हुनुपर्ने देखिन्छ, तर त्यसो भएको छैन ।
हाम्रो मुलुकका पुराना कतिपय दलहरुले नराम्रा व्यवस्था परिवर्तन गर्न सके नेता र नेतृत्व हस्तान्तरण गर्न सकेनन् । त्यो नहुनु भनेकै समस्या माथि समस्या उत्पन्न हुने र राजकाजमा पनि नयाँ निर्णय क्षमताको विकासमा कमी आउँने भएका कारण मुलुक समस्यामा परेको हो । त्यसैले नेपालका अधिकांश युवाहरु भन्ने गर्छन्, अब नेतृत्व परिवर्तन नै सबै भन्दा पहिलो मान्यता हुनु आवश्यक छ । अब पुराना नेताहरुले राजनैतिक अवकाश लिनुपर्ने हुन्छ । अनि मात्र मुलुकले केही आशा र भरोसाको श्वास फेर्न सक्ने अवस्था रहन्छ । अन्यथा सधैँ आश हराएका मानिसको आसै आसमा बस्यौ भने मुलुक दिनप्रति अधोगति तर्फ अग्रसर हुने बाहेक केही पनि हुन सक्दैन भन्ने कुरा हामी सबैमा चेतना भया !