Shittalpati
सिर्जनशील अपाङ्ग केन्द्र तानसेनको अध्यक्षमा पुनःभट्टराई

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–७ काजीपौवामा रहेको सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको अध्यक्षमा सन्दीप भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले भट्टराईलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।  

अधिवेशनले उपाध्यक्षमा प्रेमबहादुर राना, सचिव सम्राट केसी, सह–सचिव निर्मला पाण्डे (भट्टराई), कोषाध्यक्ष लक्ष्मी बिकलाई चयन गरेको निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा शिवबहादुर पौडेल, उर्मिला बिक, जगतबहादुर बगाले, सुन्दरी गौतम रहेका छन् । यस्तै केन्द्रको कानुनी सल्लाहकारमा शिवप्रसाद देवकोटा र सल्लाहकार संयोजकमा राधेश्याम ज्ञवाली चयन भएका छन् । अधिवेशनको पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुर प्रसादर गैरेले उद्घाटन गरेका हुन् । सभाको  उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका गैरेले अपाङ्गताहरुको हक अधिकारका विषयमा आफुले आवाज उठाउँदै आएको बताए । 

कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदिप खनाल, युनाईटेड मिसन अस्पतालकी निर्देशक रचेल कारख, बगनासकाली गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापा, राष्ट्रिय अपा महासंघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव मनोज पंगेनी लगायतले आ–आफ्ना धारणा राखेका थिए । केन्द्रका अध्यक्ष सन्दीप भट्टराईको अध्यक्षता, सचिव सम्राट केसीको सञ्चालनमा उद्घाटन शत्र कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update