Shittalpati
श्रीनगरडाँडामा सरसफाई तथा धार्मिक कार्यक्रम 

पाल्पा, तानसेनको ऐतिहासिक एवं पर्यटकीय स्थल श्रीनगर डाँडास्थित पारिलेक बनमा सरसफाई तथा  वृहत्त धार्मिक कार्यक्रम गरिएको छ  । चुराकर्म ब्रतबन्ध संघ, धर्मचक्र महाविहार तानसेन र धर्मचक्र बौद्ध युवा संघ , धर्मचक्र महाविहार तानसेनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । 

 ज्ञानमाला भजनको माध्यमबाट बुद्ध शिक्षा हासिल गर्ने÷ गराउने र बुद्ध धर्मको प्रचार –प्रसार गर्ने उद्देश्यले कोजाग्रत पूर्णिमादेखि संक्रिमन्हा पूर्णिमासम्म एक महिने सञ्चालित धार्मिक कार्यक्रमको   शनिबार समापन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महेन्द्र भन्तेबाट पञ्चपशिल, बुद्ध पुजा गरिएको थियो । 

सो अवसरमा तानसेनमा रहेका विहार, गुल्मीको वामी टक्सारको शान्ति बुद्ध विहार, बुटवलको पद्म चैत्यविहार, नेपाल राष्ट्रिय ज्ञानमाला समिति काठमाडौं लगायतका संस्थाहरुले ज्ञानमाला भजन प्रस्तुत गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख  सन्तोषलाल श्रेष्ठ, विशिष्ट नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष रमना श्रेष्ठ,बौद्ध युवा ज्ञानमाला संघ बुटवलका अध्यक्ष धिरेन्द्र मणी तुलाधर, शान्ति बुद्ध विहार गुल्मीका  अध्यक्ष कृष्ण कुमार बुद्धाचार्य, चुराकर्म ब्रतबन्ध संघ तानसेनका अध्यक्ष विरेन्द्रकाजी शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 संघको तर्फबाट धर्मदान तथा पुुण्यानुुमोदन गरिएको थियो । हरेक वर्ष पारिलेक वनलाई बौद्ध धार्मिक पर्यटकी स्थलका रुपमा जोड्ने गरी कार्यक्रम हुँदै आएको ज्ञानमाला संघ आनन्द विहार पाल्पाका अध्यक्ष उत्पल कुमार ब्रजाचार्यले बताए । बौद्ध युवा संघका अध्यक्ष बसन्तलाल ब्रजाचार्यको अध्यक्षता, महासचिव अनुराधा शाक्य ब्रजाचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।  
      

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update