Shittalpati
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन

पाल्पा, ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवं क्रियाशिल पत्रकार महेन्द्रप्रसाद पाण्डेको ५३ वर्षको वर्षको उमेरमा निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पाण्डे अकस्मात विरामी भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

विवाहमा सहभागी भइरहेका बेला उनलाई असहज भएको थियो । विवाह समारोहमै वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

गुल्मी घर भएका पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।

तीन दशक लामो पत्रकारिता क्षेत्रमा क्रियाशिल पाण्डे विगत लामो समयदेखि काठमाडांैमा रहेर पत्रकारिता गर्दै आएका थिए । राजनीतिबाट पत्रकारिता क्षेत्रमा उदायका उनी नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति समेत थिए । प्रजातन्त्र र राष्ट्रवादप्रति प्रतिवद्ध र जुझारु स्वभावका पाण्डेय अत्यन्त सहयोगी स्वभावका रहेको उनका साथीहरु बताउँछन् । पाण्डेका श्रीमती र दुई छोरी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update