Shittalpati
काँग्रेस महासमिति बैठक फेरि सर्‍यो

पाल्पा, नेपाली काँग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पुसमा हुने भनिएको महासमिति बैठक काँग्रेसले फागुनका लागि पुन सारेको हो । पटक–पटक विभिन्न बहानामा सर्दै आएको बैठक अब फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको काँग्रेसले जनाएको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । यसअघि पौष १६–१९ मा गर्ने निर्णय भएको थियो ।

।देशभरबाट महासमिति बैठकका लागि अढाई हजार महासमिति सदस्यहरु काठमाडौँ पुुग्ने छन् । महाधिवेशनपछिको शक्तिशाली बैठक हुने भएकाले पनि यसका लागि तँछाडमछाड हुने गरेको छ । यो बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन बाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था भएकाले पनि यसको महत्व निकै छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update