Shittalpati
चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो

पाल्पा, जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित पीडितहरुले अहिले चिसो र झाडापखालाका कारण ज्यान गुमाउन बाध्य भएका छन् । प्रभावितहरुका लागि अहिलेसम्म अस्थायी आवास निर्माण हुन नसक्दा खुला आकाशमै बस्न बाध्य भएका भूकम्पपीडितहरूले अहिले चिसोका कारण ज्यान गुमाउनुु परेको हो ।  

जाजरकोट र रुकुम पश्चिममा चिसो र झाडापखालाका हालसम्म ३४ जनाले ज्यान गुमाइसकेका छन् । भूकम्पको केन्द्रबिन्दु बारेकोटको रामीडाँडामा कसैले ज्यान गुमाउनुपरेको थिएन, घर भत्किएर त्रिपालमा बस्न थालेपछि चिसोका कारण रामीडाँडा गाउँमा मात्र १४ जनाको मृत्यु भएको छ । चिसो र झाडापखालाका कारण डेढ महिनायता जाजरकोट र रुकुम पश्चिमका ३४ जना भूकम्पपीडितको ज्यान गएको हो । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् । यति लामो समय व्यतित भैसक्दासमेत त्यसबाट प्रभावितहरुको पीडा कम हुन सकेको देखिँदैन । सरकारले आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसक्दा भूकम्प पीडितहरू चिसोकै कारण ज्यान गुमाउनु परेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update