Shittalpati
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि  गाउँ पस्ने

पाल्पा, नेपाली काँग्रेसले सांगठनिक सुदृढिकरणका लागि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । काँग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।

काँग्रेसले अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाई अभियान सञ्चालन गर्ने जनाएको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । काँग्रेसले  पार्टीलाई जनतासँग जोड्ने उद्देश्यसहित चरणवद्ध संगठन सुदृढीकरणका अभियानहरु सञ्चालन गर्दे आएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update