नेपालका तीन चौथाई युवाहरु विदेशिने अवस्था आउँनै लाग्दा पनि हामीले चिन्ता गर्न नसक्नु समस्याको विषय हो । युवाहरुको श्रम नहुँदा र लगानीका सबै सम्भावनाहरु कमजोर हुँदै जादा देश कसरी सम्वृद्ध बन्न सक्छ । वेरोजगारीका कारणले मात्र होईन, शिक्षा र केही स्वास्थ्य क्षेत्रका प्राविधिक अध्यायनका लागि पनि युवा विदेशिएका छन् । आर्थिक समुन्नतिका पहाडहरु खुम्चिदै गएको बेला उच्च शिक्षाका लागि विदेश पढ्ने नाममा विदेशी विश्वविद्यालयहरुमा पठाएको डलर नेपाली रुपैँयामा अनुवाद गरेर तथ्यांग हेर्ने हो भने पनि केही चेत खुल्ने थियो हाम्रा योजनाकारहरुलाई ।
नेपालमा आउँने विप्रेषणसंगै उच्च शिक्षा अध्यायन र उच्च प्राविधिक स्वास्थ्य शिक्षाका लागि बाहिरिदै गरेको नेपाली युवाजनशक्ति र आर्थिक व्ययभार अहिले विगत दुई वर्षदेखि अत्याधिक मात्रामा बढेको छ । यो अवस्था प्रति हामी चिन्तित छैनांै, अनि भनि रहेका छौ कि हामी हाम्रो श्रमशक्तिलाई रोक्न सकेनौं । खाडीका मुलुकमा जानेहरु फर्कने गरी गएका छन् तर युरोप र अन्य विकसित मुलुकमा जाने युवा फर्कनै खोज्दैनन् । एनआरएनको हैसियतबाट नागरिकताका लागि आउँने केही युवाहरुले मुलुकमा देखिएको आर्थिक तरलता र सुरक्षा व्यवस्था प्रतिको उदासिनतालाई हेरेर पुनः लगानी फिर्ता लाने तयारी गरी रहेका छन् । यसरी कहिले हुन्छ ? मुलुकको विकास, अनि कसरी हुन्छ मुलुक सम्वृद्ध ।
आर्थिक विकास नहुँदासम्म हाम्रो मुलुकको अर्थतन्त्रलाई न्यून आर्थिक करले धान्न सक्दैन । त्यस कारण समस्याहरुको समाधानका लागि हामीले सबै खाले वाह्यि तथा आन्तरिक लगानीका सम्भावनालाई खोज्नुपर्ने हुन्छ । मुलुकको इतिहासमै यो वर्ष सबै भन्दा धेरै पर्यटकहरु नेपालले पायो तर आर्थिक सूचक ओरालो बाहेक उकालो लाग्न सकेनन, यो वर्ष जस्तै प्रति वर्ष स्वदेशी र विदेशी पर्यटकहरु आए भने मुलुकको आर्थिक भविष्य उज्वल पनि हुन सक्छ । त्यस कारण पनि केही आशाका सूचकहरु राम्रा देखिएका छन् भन्नुपर्ने भएको छ । औद्योगिक क्षेत्रमा लगानी नहुँदासम्म रोजगारी श्रृजना हुदँैन र समस्याको समाधान पनि गर्न सकिदैन भन्ने कुरा नेपालको नीतिले राम्रोसंग बुझ्नु र व्यवहारमा पनि लागु गर्नुको विकल्प खोज्नु हुँदैन । अब नेपाललाई भाषण र गफले मात्र पुग्दैन, आर्थिक सूचक राम्रो बन्न र बनाउँनका लागि लगानी बढाउँनु नै आजको आवश्यकता हो ।