Shittalpati
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त

पाल्पा, न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो ।

परिषद्को निर्णयको आधारमा अब उनीहरुलाई प्रधानन्यायाधीशले शपथ गराउँछन् । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update