Shittalpati
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

गुल्मी, गुल्मी ईश्मा गाउँपालिका–६ अमरपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् । मंगलबार साँझा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने  क्रममा जलेर अमरपुरकी ६९ वर्षीया मुना महत घाइते भएकी हुन् ।

अमरपुर घर भई सोही ठाउँको खाला स्थितमा विगत २ महिनादेखि नन्द नाता पर्ने सुमित्रा गिरीको घरमा बस्दै आएकी महत आगो ताप्ने क्रममा एक्कासी जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनले लगाएको सुतीको साडीमा अचानक आगो लागि दुबै खुट्टा जलेको छ । घाईते महतलाई जिल्ला अस्पताल तम्घासमा सामन्य उपचार पछि पाल्पा रिफर गरिएको छ । उनको दुबै खुट्टाको ३७ प्रतिशत भाग जलेको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update