Shittalpati
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

काठमाडौँ, नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । 
    
    भारतीय विदेशमन्त्री डा.जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update