Shittalpati
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकियो

पाल्पा, नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकिएको छ । काठमाडौमा भएको बैठक सकिएको हो ।

बैठकमा ऊर्जा, व्यापारलगायत विषयमा द्विपक्षीय छलफल भएको छ । नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस. जयशंकरको संयुक्त अध्यक्षतामा बैठक भएको हो ।

काठमाडौंको याक एन्ड यति होटलमा भएको बैठक करिब एक घण्टा चलेको थियो । उक्त अवसरमा द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिीभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update