Shittalpati
अर्थमन्त्री महतद्वारा रामपुरमा अन्धकारमुक्ती सहकारीको रजतजयन्ती स्तम्भ अनावरण

पाल्पा, जिल्लाको रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्ती स्तम्भ अनावरण गरिएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले शुक्रबार सहकारीको रजतजयन्तीको अवसरमा निर्मित स्तम्भको अनावरण गरेका हुन्  ।

सहकारीको प्रधान कार्यालय किसानवारीमा स्तम्भ अनावरण गरिएको हो । स्तम्भ अनावरणपछि सहकारीको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती विशेष समारोह कार्यक्रम श्रीनगर होटलमा सञ्चालन भैरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update